Section 142
बीमा व्यवसाय सम्बन्धी कार्य गर्न नपाउने
बीमकको कुनै सञ्चालक, पदाधिकारी वा कर्मचारी वा कुनै बीमा अभिकर्ता, बीमा मध्यस्थकर्ताको इजाजतपत्र निलम्बन गरेमा वा निज विरुद्ध दफा १४० बमोजिमको: कसुर सम्बन्धी मुद्दामा निजविरुद्ध अदालतमा मुद्दा दायर भएमा निलम्बन फुकुवा नभएसम्म वा त्यस्तो मुद्दाको अन्तिम किनारा नभएसम्म त्यस्तो सञ्चालक, पदाधिकारी, कार्यकारी प्रमुख, परामर्शदाता वा कर्मचारी वा बीमा मध्यस्थकर्ताले बीमा व्यवसाय सम्बन्धी कुनै कार्य गर्न पाउने छैन।